साउदीले भारतलाई ८० टन लिक्विड अक्सिजन पठाउने एजेन्सी। कोरोना संक्रमणका कारण संकटपूर्ण अवस्थाको सामना गरिरहेको भारतलाई साउदीले ८० टन लिक्विड अक्सिजन पठाउने भएको छ। भारतीय दूतावासले ट्विट गर्दै अडानी समूह र लिण्डे कम्पनी मिलेर अक्सिजन भारत पठाउन लागेको जानकारी दिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्टका कारण लाखौं संक्रमित भइसकेका छन् भने उपचारका लागि अक्सिजनको चौतर्फी अभावको सामना गरिरहेको छ। भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख नाघिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्