पाँच दिनमा २७ करोडको कोकिन बरामद

काठमाडौं। प्रहरीले पाँच दिनको अवधिमा झण्डै २७ करोड रूपैयाँ बराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ।

छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो।

नेपाल प्रहरीको लागुऔष्ध नियन्त्रण ब्यूरोले १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो। सोही ठाउँबाट ब्यूरोले ५ पुसमा पुनः ६ किलो कोकिन बरामद गरेको छ।

बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झण्डै २७ करोड रूपैयाँ रहेको आजको नयाँ पत्रिकामा समाचार छ।

प्रहरीका अनुसार उत्पादन अत्याधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रूपैयाँमा बिक्री हुँदै आएको छ।

ब्यूरो प्रमुख डीआइजी दिनेश अमात्यले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी बढेको बताए।

प्रतिक्रिया दिनुहोस्