इलाम अस्पतालमा ब्लड बैंक स्थापना
इलाम। इलाम अस्पतालमा ब्लड बैंक स्थापना गरिएको छ।

नेपाल रेडक्रम सोसाइटी, इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत निःशुल्क रगत उपलब्ध गराउन शुरु गरिएको हो।

यसअघि अस्पतालमा रगतको पैसा तिर्नुपर्थ्यो।

रेडक्रसले ब्लड ब्याग, आइभीसेट, रक्त परिक्षणलगायतमा लाग्ने खर्चवापतको ७ सय रुपैयाँ लिदैं आएको थियो ।

रेडक्रस सोसाइटीका उपसभापति तथा रक्तसंचार सेवा संयोजक रतनकुमार चौधरीले रेडक्रसलाई वार्षिक एक लाख ५० हजार उपलब्ध गराउने भएपछि निःशुल्क रगत वितरणको व्यवस्था मिलाइएको हो।

चौधरीले २०८० साल असार मसान्तसम्म सो रकम दिने गरीको सम्झौता गरेका छन्।

इलाम अस्पतालमा वार्षिक सरदरमा २०० पिन्ट रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले अस्पतालमा स्थापना गरिएको रक्त संकलन तथा सेवा युनिटको ६ पुसमा उद्घाटन गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्