झाडापखालाबाट दिदीबहिनीको मृत्यु दाङ। आइतबार झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिकाका११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो। दुवै जनाको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्