काठमाडौं। म्यानचेस्टर युनाइटेडको खराब लयले निरन्तरता पाउँदा आइतबार राती रेलिगेसन क्षेत्रमा रहेको वाटफार्डसँग २–० ले पराजित भएको छ।
गोलकिपर डेबिड डी हियाले गल्ति गर्दा इस्माइला सारको गोलमा घरेलु टोली वाटफोर्डले ५०औं मिनेटमा अग्रता लिएको थियो। त्यसको चार मिनेट वित्न नपाउँदै ट्रोए डीनेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। एरोन वानबिसाकाले इस्माइला सारलाई फाउल गरेपछि वाटफोर्डले पेनाल्टी अवसर पाएको थियो।
पाउल पोग्बाले ६४औैं मिनेटमा मैदान प्रवेश गरे पनि टोलीको प्रदर्शनमा सुधार ल्याउन सकेनन्। झन्डै तीन महिनापछि मैदान फर्किएका पोग्बाको प्रदर्शन अर्को गोल खानमा सहयोगी मात्र भएको प्रशिक्षक ओले गनर सोल्सायरले बताए।
"आजको प्रदर्शन हेर्ने हो भने हामी जितका लायक थिएनौं। सबै क्षेत्रमा कमजोर प्रदर्शन रह्यो," युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, "यदी पाएको अवसर सदुपयोग नगर्ने हो भने सजाय भोग्नुपर्छ। उनीहरुले पाएको अवसर सदुपयोग गरे हामी चुक्यौं।"
युनाइटेड १८ खेलबाट २५ अंक जोड्दै आठौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा ७ अंकले पछाडी हो। पुछारमा रहेको वाटफोर्डको भने १२ अंक छ। जुन रेलिगेसन क्षेत्रभन्दा माथि रहेको साउथह्याम्पटनको भन्दा ६ अंकले कम हो।
जितपछि वाटफोर्डका प्रशिक्षक निगेल पिएर्सनले आफ्नो टिम रेलिगेसनबाट माथि आउने विश्वास व्यक्त गरे।
"हामी कठिन समयबाट गुज्रिरहेका छौं। तर मलाई विश्वास छ हामी रेलिगेसन क्षेत्रबाट माथि आउछौं," वाटफोर्डका प्रशिक्षक पिएर्सनले भने, "हामी अरु खेल पनि जित्न सक्छौं। खेलाडीहरुको लगनशिलता पनि बढेको छ। यो अवस्थाबाट माथि उठ्नेमा म पूर्ण विश्वस्त छु।"