काठमाडौं। चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले कुनै समयका आफ्नो गुरु जोजे माउरिन्होलाई २-० पराजित गरे। तथापी टोटेनह्याममाथि लय समाउन संघर्ष गरिरहेका चेल्सीको जितलाई समर्थकको कथित जातिवादी व्यवहारले छायाँमा पारिदियो।
भ्रमणकारी चेल्सीका रक्षक एन्टोनियो रुडीगरविरुद्ध जातिवादी दुर्व्यवहार भएको थियो। रुडीगरविरुद्ध फाउल गरेकै कारण टोटेनह्यामका सन ह्युङ–मिनले रातो कार्डको सामना गरेका थिए। टचलाईन नजिक जर्मनीका सेन्टर ब्याक रुडीगरविरुद्ध सनले बुट थापिदिएका थिए। भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा मुख्य रेफ्री एन्थोनी टेलरले सनलाई सिधै रातो कार्डको दर्शन गराएका थिए।
त्यसलगत्तै २६ वर्षे रुडीगरले टोटेनह्याम समर्थकबाट आफुमाथि जातिवादी दुर्व्यवहार भएको जानकारी दिएका थिए। चेल्सीले त्यसबारे रेफ्री टेलरलाई जानकारी दिएपछि तीन पटकसम्म त्यस्तो व्यवहार नगर्न उद्घोष भएको थियो।
सनले मैदान छाड्नुअघि नै चेल्सीले दुई गोलको अग्रता लिइसकेको थियो। विलियानको गोलमा चेल्सीले १२औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा विलियानले पेनाल्टीमा अग्रता दोब्बर बनाए। मार्कोस एलोन्सोलाई टोटेनह्यामका गोलकिपर पाउलो गाज्जानिगाले फाउल गरेपछि भिएआरको सहयोगमा रेफ्रीले चेल्सीलाई पेनाल्टी अवसर दिएको थियो।
‘यो जितले क्लब र समर्थका लागि ठुलो अर्थ राख्छ। लगातारको हारपछि पनि धेरै समर्थक हामीलाई साथ दिन यहाँ आएका छन्। हाम्रो युवा टोली छ र हामी कुन लक्ष्यका साथ अघि बढेका छौ भन्ने उनीहरुलाई थाहा छ’ चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘खेलाडीहरूले शीर्ष क्लबहरूविरुद्ध पनि राम्रो नतिजा निकाल्न सक्छौं भनेर प्रमाणित गरे। हामी मात्तिनु हुदैन तर आजको प्रदर्शनबाट खुशी छौं।’
जितसँगै चेल्सीले चौथो स्थान बलियो बनाएको छ। चेल्सीले १८ खेलबाट ३२ अंक जोडेको छ। जुन पाँचौं स्थानको सेफिल्ड युनाइटेडभन्दा चार अंकले अगाडी हो। चेल्सी तेस्रो स्थानको सिटीभन्दा ६ अंकले मात्र पछि छ। २६ अंक जोडेको टोटेनह्याम सातौं स्थानमा छ।
‘आज खराब दिन रह्यो। हामीले राम्रो शुरूआत गर्न सकेनौं। चेल्सीले हामीभन्दा राम्रो खेल्यो। भिएआरले राम्रो निर्णय गर्यो,’ टोटनह्यामका प्रशिक्षक, ‘सनले त्यो अवस्थालाई नियन्त्रणमा राख्न सकेनन्। रेफ्रीले रुडीगरलाई कार्ड देखाउनु पर्थ्यो। रुडीगरको खुट्टा भाचिएर अस्पताल जानु परेको छ र? रुडीगर चलाख निस्किए।’