पूर्वसांसद पौडेललाई मष्तिष्काघात
काठमाडौं। राष्ट्रियसभाका पूर्वसदस्य प्रा.विदुर पौडेल मष्तिष्काघात भइ उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन्। अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार अस्पताल भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताए। पक्षाघातसमेत भइ उनको शरीरको देब्रे भागसमेत नचलेको उनले जनाए। संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनको भतिजा परमेश्वरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्