रहरले शिक्षण संस्था बन्द गरेका होइनौं- शिक्षामन्त्री श्रेष्ठ चितवन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन चितवन आएका मन्त्री श्रेष्ठले पढाइ निरन्तर गर्न भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको बताए। एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको उनले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्