सरकारी सुविधा नभएपछि कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी आन्दोलनमा विराटनगर। सरकारले घोषणा गरेको सुविधा नपाएपछि कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै विरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनमा उत्रिएका हुन्। १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् । उपचार केन्द्रमा ५ जना डक्टर, ६ जना नर्स र ३ जना परामेडिक्स कार्यरत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्