बन्ला त, लोकल रक्सीको ब्राण्ड ? काठमाडौं। घरेलु मदिरालाई ब्रान्डिङ गर्ने सम्भाव्यता अध्ययन सुरु हुने भएको छ। लोकल मदिरालाई ब्राण्डिङ गर्न अध्ययनका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गरेको हो। कार्यदलले ४५ दिनसम्म प्रतिवेदन तयार गर्नेछ। सामाजिक विकास मन्त्री उषाकला राईले देखापढीसँग भनिन्, "कार्यदलले सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभावको पहिचानसहित र कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायताका विषयमा अध्ययन गर्नेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्