उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा काठमाडौं। कोरोना रोकथामको लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि जारी निषेधाज्ञा आदेशमा यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन्। सार्वजनिक एवं नीजि सवारी साधन, सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, जिमखानालगायतका क्षेत्र बन्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्