आईपीएलमा कोलकाताको दोस्रो जीत, पन्जाब ५ विकेटले पराजित
एजेन्सी। गएराती भएको खेलमा पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सलेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित निकालेको छ। टस हारेर पहिले ब्याटिङमा आएको पन्जाबले निर्धारित २० ओभरमा १ सय २३ रन बनायो। १ सय २४ रनको लक्ष्य कोलकाताले १६.४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहदै सर्वाधिक ४७ रन जोडे।
प्रतिक्रिया दिनुहोस्