हिमालयन डिष्‍टिलरीले घोषणा गर्‍यो लाभांश

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले १०२ दशमलब ६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

हिमालय डिस्टिलरीको उन्नाईसौं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरूलाई ५२ दशमलब ६३ प्रतिशत नगद लाभांश र ५० प्रतिशत वोनस शेयर गरी आर्थिक वर्ष २०७५/७६ को १०२ दशमलब ६३  कुल लाभांश वितरण गर्ने निर्णय गरेको हो।

१९ वर्ष अगाडि स्थापना भएको डिष्टिलरीमा ३०० जना भन्दा बढी रोजगारमा छन्।

यस लिमिटेडले आ.व. २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धिसहित छ अर्ब ४४ करोड ११ लाख रूपैयाँ संचालन आम्दानी गरेको छ।

त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धिसहित ५३ करोड ७० लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको बताइएको छ।

कम्पनीलाई व्यवस्थापन गर्ने जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज प्रा.लि.का कार्यकारी निर्देशक शसिन जोशीले कम्पनीको सफलताको श्रेय नयाँ प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धि, व्यवस्थापन तथा रणनीतिक वजार विस्तारलाई दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्