लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ
झापा। मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई जनालाई पक्राउ गरिएको छ। मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन र इन्टरनेट सेवा बन्द छ। दुवै जनाले लागूऔषध किन्न तार चोरी गरेको खुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्