नाकामा परीक्षण नहुँदा गाउँगाउँमा संक्रमणको खतरा वीरेन्द्रनगर। भारतमा कोरोना संक्रमण फैलिएपछि स्वदेश फर्किएका नेपाली बिनापरीक्षण सिधा घर पुग्ने गरेका छन्। भारतबाट आएकालाई राख्ने क्वारेन्टिन नहुँदा उनीहरु सिधै गाउँ पुग्दा संक्रमण पनि गाउँगाउँमा पुगेको छ। क्वारेन्टिन र चेकजाँच नहुँदा संक्रमण भयावह बन्ने खतरा देखिएको स्थानीयको गुनासो छ। सुर्खेत बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भारतसहित अन्य देशबाट आएकालाई घरमा नै सुरक्षित रुपमा बस्न भनिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्