पोर्चुगलमा कोरोना संक्रमणबाट हुने मृत्युदर शून्य
काठमाडौं। पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमबार आएको छ। जनावरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबैभन्दा उच्चदरको संक्रमण तथा मृत्यु रेकर्ड गरिएको थियो। तर लामो लकडाउनका कारण त्यहाँ संक्रमणदर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले ८० भागको एक भागमा झरेको छ। हालसम्म पोर्चुगलमा ८ लाख ३४ हजारको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्