घर फर्कने यात्रुको भीड, सिटको अभाव काठमाडौं। गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो। लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्