वीरगञ्जमा २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज। कोरोना संक्रमणबाट वीरगञ्जमा २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ। जितपुर सिमरा–६ की ४० वर्षीया महिला, वीरगञ्ज–२५ की ६५ वर्षीया महिला, बहुदरमाइ नगरपालिका–७ की ४५ वर्षीया महिला, वीरगञ्ज–८ की ३८ वर्षीया महिला र वीरगञ्ज–६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोनाबाट तीन जनाको सोमबार र दुईजनाको मंगलबार बिहान मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्