अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा म्यानमारमा भएको बर्बरताको भर्त्सना
एजेन्सी। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले म्यानमारमा सैनिक ‘कू’ पछि प्रजातन्त्रको माग गर्दै भएका प्रदर्शनमा भएको दमनको भर्त्सना गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै आफू प्रजातन्त्रप्रेमी म्यानमारका जनताको पक्षमा रहेको बताएका हुन्। सुरक्षा फौजले म्यानमारका जनतामाथि गरेको दमनलाई उनले ‘हृदयविदारक हिंसा’ भनेका छन्। उनले विश्व समुदायको ध्यान अब म्यानमार केन्द्रित हुनेपर्ने समेत बताए।
प्रतिक्रिया दिनुहोस्