चुनावी परिणामपछि विजय जुलुस निकाल्न प्रतिबन्ध
एजेन्सी। भारतको निर्वाचन आयोगले २ मेमा विधानसभा निर्वाचनको मतगणनापछि विजय जुलुस निकाल्न रोक लगाएको छ। विजयी भएका उम्मेदवार वा उनका प्रतिनिधिले जितको प्रमाणपत्र लिन पनि आफूसँग थप २ जना मात्रै लैजान पाउनेछन्। भारतमा चार राज्य र केन्द्र शासित प्रदेश(पश्चिम बंगाल, तमिलनाडु, आसाम, केरला र पुडेचेरी) मा विधानसभा निर्वाचन भएको छ।
प्रतिक्रिया दिनुहोस्