बालाजु बाइसधारा मेला स्थगित काठमाडौं। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइसधारा मेला यस वर्षपनि स्थगन गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६का वडाध्यक्ष मुकुन्द रिजालले बताए। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरी तामाङ समुदायका भक्तजनले बाइसधारामा स्नान गर्न जाने परम्परा छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्