काँकडभित्तामा होल्डिङ सेन्टर बनाउने निर्णय झापा। पूर्वीनाका काँकडभिट्टामा कोभिड-१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था नभएपछि बनाउने निर्णय भएको छ। भारतमा कोरोना भाइरसको सङ्क्रमण तीब्र दरमा फैलिएपछि नेपाल फर्किनेहरुको भीड लागेकाले संकट व्यवस्थापन समितिको बैठकमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउन प्रदेश र सङ्घीय सरकारसँग सहयोगको माग गरेको उनले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्