चार्टर प्लेन पठाउन अष्ट्रेलियन क्रिकेटलाई क्रिस लिनको माग
एजेन्सी। भारतमा कोरोना संक्रमणको प्रकोप दिनप्रतिदिन बढिरहेका बेला अष्ट्रेलिया तथा मुम्बई इन्डियन्सका ब्याट्सम्यान क्रिस लिनले क्रिकेट अष्ट्रेलिया (सीए)लाई विशेष विमानको व्यवस्था गरिदिन माग गरेका हुन्। उनले आईपीएल सुरक्षित वातावरणमा सञ्चालन भइरहेकाले आफूले सहज महसुस गरिरहेको र हाल आईपीएल छाड्ने मनसाय नरहेको प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस्