भारतमा बस्ने नेपालीलाई दुतावासले भन्यो- उपचार गर्न कागजात समस्या भए सम्पर्क गर्नुहोस्
काठमाडौं। भारतमा रहेको नेपाली राजदुतावासले भारतमा बसोबास गर्ने नेपालीहरुलाई सुरक्षा मापदण्ड अपनाउन भनेको छ। भारतमा कोभिड संक्रमण तीव्र गतिमा बृद्धि भइरहेकाले घर बाहिर ननिस्कन भीडभाडमा नजान र भेटघाट नगर्न दुतावासले भनेको छ। अपत्कालिन अवस्था र उपचारमा कुनै कागजात आवश्यक परे दुतावासको मेवाइल नं ९१८९२९६०१९२५ र इमेलमा सम्पर्क गर्न भनेको छ।
प्रतिक्रिया दिनुहोस्