अभिनेत्री प्रियंका चोपडाले भारतका लागि सहयोग मागिन काठमाडौं। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले भारतका लागि सहयोग माग गरेकी छिन्। कोरोनाको दोस्रो लहरको चपेटामा परेको भारतलाई सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी हुन्। उनले ट्वीटरमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनसहितका धेरैलाई ट्याग गर्दै सहयोग माग गरेकी हुन्। उनले आफ्नो देश यतिबेला महामारीसँग जुधिरहेकाले आवश्यक सहयोग गर्न अपिल गरेकी हुन्। अन्य बलिउडकर्मीले पनि सहयोगको अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्