स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय, बिदामा बसेकालाई काममा फर्किन निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ। आज बसेको सचिवस्तरीय बैठकले बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुनुपर्ने निर्णय गरेको हो। त्यस्तै कार्यरत जनशक्तिलाई आलोपालो प्रणालीमार्फत सेवा दिने व्यवस्था गर्ने र स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न ६ महिनाको करार सेवामा लिने निर्णय गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्