प्रहरीले बाढ्यो करिब १२ हजार जनालाई नि:शुल्क मास्क काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्ने अभियानअन्तर्गत आज नेपाल प्रहरीले देशका बिभिन्न स्थानमा निशुल्क मास्क वितरण गरेको छ। मास्कको प्रयोग नगरी हिंडेका सर्वसाधरणलाई मास्क दिइएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार आज देशभर ११ हजार ७२२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। प्रहरीले मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैलाई भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्