भारतसँग जोडिएको नाकाहरुमा कडाइ नगरे विराटनगरको अवस्था जटिल बन्ने काठमाडौं। दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकाको अवस्था जटिल बन्दै गएको छ। महानगरपालिकाका स्वास्थ्य प्रमुख रमेश कार्कीले भने-जुन गतिमा संक्रमितको संख्या थपिदै छ, त्यसले महानगरपालिकाको अवस्था चिन्ताजनक बनाएको छ। दोस्रो लहर सुरु भएयता १४७ जनामा संक्रमण पुस्टि भइसकेको र ४ जनाको मृत्यु भएको छ। भारतसँग जोडिएको नाकाहरुमा कडाइ नगरे अवस्था झन् डरलाग्दो हुन सक्ने कार्कीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्