अमेरिकामा पूर्ण खोप लगाएकाले मास्क लगाउन नपर्ने
एजेन्सी। अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेकाले खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य लगाउन नपर्ने घोषणा गरेको छ। यद्यपि कोठाभित्र वा भिडभाड भएका स्थानमा अझै पनि मास्क लगाउन अनुरोध गरेको छ। अमेरिकामा ९ करोड ५० लाखले खोप लगाइसकेका छन्। सीडीसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्