राष्ट्रिय सभामा 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक' पेश <p>काठमाडाैं। राष्ट्रिय सभाको आजको बैठकमा &lsquo;नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६&rsquo; पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेका हुन्।</p> <p>बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे। &lsquo;औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६&rsquo; र &lsquo;राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५&rsquo; टेबुल गरिएको हो। राष्ट्रियसभाको अर्को बैठक १० पुस बिहान ११ बजे बस्नेछ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्