सर्वोच्चले आजदेखि जरुरी महत्वका विषय मात्रै हेर्ने
काठमाडौं। कोरोना भाइरसको संक्रमण बढेसँगै सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ। सर्वोच्चका न्यायाधीसहरुको बैठकले १५ वैशाखदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने निर्णय गरेको हो। यो अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारी सम्बन्धी अत्यन्त जरुरी रिटमाथि मात्रै सुनुवाई हुनेछ। वैशाख ३१ गते बस्ने बैठकले त्यसपछिको अवस्था मूल्यांकन गरेर थप निर्णय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्