कञ्चनपुरबाट १२५ महिलाको उद्दार कञ्चनपुर। प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका १२५ जना महिलाको माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुलबाट उद्दार गरेको छ। १४ महिनाको अवधिमा भारततर्फ लैजाँदै गरेका ती महिलाको उद्दार गरी माइती नेपालले घर फिर्ता पठाएको हो। माइती नेपालका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पुर्‍याउने गरेका छन्। सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन्।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्