ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या
दाङ। दाङमा एक व्यक्तिले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिकाका २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानी हत्या गरेका हुन्। मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा मृत्यु भएको हो।रासस
प्रतिक्रिया दिनुहोस्