ती मुसलमान होइनन्, तर पनि रोजा बस्छन् बीबीसी। श्रीलंकाको मुख्य विपक्षी पार्टीका युवा नेता रेहान जयविक्रमेले अप्रिल १३ मा गरेको घोषणाले तरंग ल्यायो। उनले ट्विटरमा लेखे, ‘म बौद्धमार्गी हुँ, बौद्ध जीवनदर्शनको पूरा पालना गर्छु। तर म रमजानको पवित्र महिनामा मुस्लिम साथीहरुसँगै रोजा बस्न उत्सुक छु।’ बौद्धमार्गी बहुल श्रीलंकामा यस्तो घटना कममात्रै देखिन्छ। मुस्लिम चरमपन्थीबाट पीडित श्रीलंकामा जयविक्रमेको कदमबाट धार्मिक सहिष्णुता वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्