संकट टार्न भारतले ल्यायो सिंगापुर र दुबईबाट अक्सिजन एजेन्सी। भारतीय वायु सेनाले सिंगापुर र दुबईबाट ९ क्रायोजेनिक अक्सिजन ट्यांकर ल्याएको छ। बुधबार जारी विज्ञप्तिअनुसार यी ट्यांकर मंगलबार पश्चिम बंगालको पानागढ विमानस्थल ल्याइएको हो। दुई देशबाट ल्याइएका ती ट्यांकर अक्सिजनको चरम अभाव व्यहोरिरहेका स्थानमा पुर्‍याइने सेनाले जनाएको छ। पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहरबाट संक्रमित भएका विरामीको अक्सिजन नपाएर मृत्यु भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्