काठमाडौंका विभिन्न क्षेत्रबाट ८६ विदेशी नागरिक पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रमा विदेशी नागरिक समात्न अप्रेशन चलाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले मनमैंजु र बाँसबारीलगायतका क्षेत्रमा अप्रेशन चलाएको हो।

प्रहरीको अप्रेशनमा बैंकिङ ह्याकिङमा संलग्न चिनियाँ नागरिक पनि पक्राउ परेको बताइएको छ। चिनियाँका अलवा अन्य विदेशी नागरिक पनि समातिएका छन्। अहिलेसम्म ८६ भन्दा बढी चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा छन्।

गैरकानूनी रूपमा बसेको भन्ने सूचनाको आधारमा अप्रेशन चलाइएको र अहिले पनि अप्रेशन जारी रहेको परिसरका डीएसपी होविन्द्र बोगटीले देखापढीलाई जानकारी दिए।

अप्रेशन चलिरहेकाले पक्राउ पर्नेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्