चीनले भन्यो- दक्षिण एसियाली विदेशमन्त्रीहरूको बैठकमा भारतलाई स्वागत छ एजेन्सी। कोरोना महामारीसँग जुध्न दक्षिण एसियाका विदेशमन्त्रीहरूको बैठक आयोजना गरिरहेको चीनले यसमा भारतका लागि पनि ढोका खुल्ला रहेको बताएको छ। डिजिटल रुपमा हुने बैठकमा भारतलगायत सबैलाई स्वागत गर्न तयार रहेको मंगलबार चीनले बताएको छ। चीनका विदेशमन्त्री वाङ यीले मन्त्रिस्तरीय वार्ताका लागि नेपाल, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशलाई आमन्त्रित गरेका छन्। चीनले भारत, माल्दिभ्स र भुटानलाई आमन्त्रण गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्