म्यानमारका करेन गुरिल्लाद्वारा सैनिक अड्डा कब्जा गरेको दाबी
एजेन्सी। म्यानमारका जातीय समूह करेन गुरिल्लाले मंगलबार सेनाको एक अड्डा कब्जा गरेको दाबी गरेको छ। यो कब्जाले त्यहाँको लोकतान्त्रिक आन्दोलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। म्यानमारको सेनाले गर्त फेबु्रअरीमा त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। गुरिल्ला समूहले पनि सरकारसँग स्वतन्त्रता माग गरेको छ। समूहको सशस्त्र इकाइले बिहान पाँच बजे सैनिक अड्डामा हमला गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्