विश्व स्वास्थ्य संगठनले भारतलाई चारहजार अक्सिजन कन्सन्ट्रेन्ट दिँदै
एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारत अक्सिजनको चरम अभाव व्यहोरिरहेको छ। सोही अभावलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले भारतलाई चारहजार कन्सन्ट्रेन्ट अक्सिजन उपलब्ध गराउने भएको छ। डब्ल्यूएचओ प्रवक्ताले मंगलबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।डब्ल्यूएचओले भारतलाई मोबाइल फिल्ड अस्पताल र प्रयोगशाला निर्माणमा सहयोग गर्दै आएको छ। भारतलाई महामारीको दोस्रो लहरबाट जोगाउन डब्ल्यूएचओले विभिन्न स्वास्थ्य उपकरणसमेत उपलब्ध गराउने भएको छ।
प्रतिक्रिया दिनुहोस्