बेलायतले लगायो २२ व्यापारीमाथि प्रतिबन्ध, तीनजना भारतीयमूलका
एजेन्सी। बेलायत सरकारले तीनजना भारतीयमूलका सहित २२ व्यापारीमाथि प्रतिबन्ध लगाएको छ। सबैमाथि संसारको सबैभन्दा गम्भीर भ्रष्टाचारमा सहभागी भएको आरोप लगाइएको छ। अब यिनले बेलायतका बैंकहरुबाट पैसा निकाल्नमात्र होइन त्यहाँ प्रवेशसमेत गर्न पाउने छैनन्। प्रतिबन्धमा परेका भारतीयमूलका अजय, अतुल र राजेश गुप्ता एकै परिवारका सदस्य हुन्। तिनले दक्षिण अफ्रिकामा भ्रष्टाचार मामिलामा भूमिका खेलेको आरोप लगाउँदै प्रतिबन्ध लगाइएको हो।
प्रतिक्रिया दिनुहोस्