फाइजरले आगामी साल कोरोनाको नयाँ औषधि बनाइसक्ने एजेन्सी। कोरोना भ्याक्सिन बनाइसकेको फाइजर कम्पनीले आगामी वर्षभित्र कोरोना भाइरसको औषधि पनि बनाउने भएको छ। कम्पनीका प्रमुख कार्यकारी एल्बर्ट बर्लाले यस्तो दाबी गरेका हुन्। कम्पनी हाल दुईखाले एन्टिभाइरल निर्माणमा लागिरहेको छ। त्यसमध्ये एउटा खाने औषधि र अर्को इन्जेक्सन हुने बर्लाले बताएका छन्। फाइजरको औषधि तयार भएपछि कोरोनाका विरामीले अस्पताल धाइरहनु नपर्ने, घरमै बसेर औषधि खान सकिने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्