शिवपुरी जंगलमा फेरि डढेलो
काठमाडौं। शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जस्थित टोखामाथिको जंगलमा डढेलो भएको छ। स्थानीयले डढेलो देखेर प्रहरीलाई खबर गरेका हुन्। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ। आगो नियन्त्रणका लागि सुरक्षा निकायसहितको दमकल पठाएको बताइएको छ। यस अघि चैत २९ मा शिवपुरी-नागर्जुन जंगलमा भएको डढेलोलाई हेलिकोप्टरबाट पानी खसाली नियन्त्रणमा लिइएको थियो।
प्रतिक्रिया दिनुहोस्