भारतलाई अक्सिजन, पीपीई र भेन्टिलेटर दिँदै अस्ट्रेलिया एजेन्सी। कोरोनाको दोस्रो लहर सामना गरिरहेको भारतलाई अस्ट्रेलियाले अक्सिजन, भेन्टिलेटर र पीपीई सहयोग गर्ने भएको छ। अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले सोमबार एक टेलिभिजनमा यस्तो घोषणा गरेका हुन्। हन्टले भने, "भारतमा अक्सिजन अभावमा छ। हामी राष्ट्रिय चिकित्सा भण्डारबाट मद्दत गर्न सक्छौं। विशेषगरी भारतले अक्सिजन मागिरहेकाले त्यो चाँडै पठाउने छौं।" अस्ट्रेलियाले अहिले खोप भने नपठाउने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्