कोभिड होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मा नेपाली सेनालाई काठमाडौं। सरकारले भारतसँगको जोडिएका सीमानाका र काठमाडौंमा एक हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ। गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगन्ज, रानी विराटनगर र काँकडभिट्टालगायतका स्थानमा होल्डिङ सेन्टर स्थापना गरिने छ। होल्डिङ सेन्टर निर्माणको लागि आवश्यक जग्गा जिल्ला प्रशासन कार्यालय र बजेट अर्थ मन्त्रालयले उपलब्ध गराउने सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्