मातृ शिशु स्वास्थ्य सेवा सुधार गर्न जर्मनीको करिब दुई अर्ब सहयोग काठमाडौं। जर्मनीले मातृ शिशु स्वास्थ्य सेवा सुधार र दिगो आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न नेपाललाई १ करोड ३८ लाख युरो (एक अर्ब ९८ करोड ५६ लाख १२ हजार १११ रुपैयाँ) दिने भएको छ। वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव वा सहसचिवलाई अख्तियारी प्रदान गरेको सरकारको प्रवक्ता पार्वत गुरुङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्