दक्षिण एसियाली पाँच राष्ट्रलाई समेटेर छुट्टै संगठन बनाउने दाउमा चीन
काठमाडौं। चीनले दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई समेटेर छुट्टै क्षेत्रीय संगठन बनाउने निर्णय गरेको छ। दक्षिण एसियाका भारत, भुटान र माल्दिभ्सलाई भने समेटिएको छैन। चीनका विदेशमन्त्री वाङ यीले हिजो पाँच देशका विदेशमन्त्रीलाई निर्णय सुनाएका हुन्। चीन-दक्षिण एसिया आपतकालिन आपूर्ति भण्डारण, गरिबी निवारण तथा सहकारी विकास केन्द्रलगायतको संगठनको प्रस्ताव चीनले अघि सारेको छ।
प्रतिक्रिया दिनुहोस्