प्रहरीले बाढ्यो करिब १८ हजार जनालाई नि:शुल्क मास्क काठमाडौं। कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले बितेको चौबीस घण्टामा १७ हजार ९४७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाइ हिडेका सर्वसाधरणलाई सम्झाइबुझाइ मास्क प्रदान गरिएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्