मास्क नलगाइ हिड्ने साढे ३० हजारभन्दा बढीलाई होल्डिङ जोनमा राखियो काठमाडौं। नेपाल प्रहरीले देशभर मास्क नलगाइ हिँडडुल गर्ने ३० हजार ८८३ जनालाई होल्डिङ जोनमा राखी सम्झाइबुझाइ छाडेको छ। यो संख्या पछिल्लो चौबीस घण्टाको हो। कोरोना महामारी नियन्त्रण गर्न यसो गरिएको प्रहरीले जनाएको छ। यस्तै, तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार २७१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्