फिनल्याण्डले दिगो खानेपानी तथा सरसफाई आयोजनालाई एक अर्ब २९ लाख दिने
काठमाडौं। फिनल्याण्ड सरकारले नेपालको 'सबैको लागि दिगो खानेपानी तथा सरसफाई आयोजना' कार्यान्वयन गर्न ९ मिलियन युरो (एक अर्ब २९ करोड ४९ लाख ६४ हजार ४२० रुपैयाँ) दिने भएको छ। फिनल्याण्डले उक्त रकम नेपाललाई अनुदान सहयोग स्वरुप उपलब्ध गर्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्ले बताए। उक्त रकम स्वीकार गर्न सरकारले अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।
प्रतिक्रिया दिनुहोस्