एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन
एजेन्सी। एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सर रोगले पीडित थिए। एपोलो मिसनका क्रममा कोलिन्स चन्द्रमाको कक्षमा नै बसेका थिए भने उनीसँगै गएका नील आर्मस्ट्रङ र एड्विन अल्ड्रिन चन्द्रमामा उत्रिएका थिए। अब एपोलो ११ मिसनमा गएका ९१ वर्षका एड्विन अल्ड्रिन मात्रै जिवित छन्।
प्रतिक्रिया दिनुहोस्